Skip to main content

क्रियाशील कक्षाकोठाबाट शिक्षक को अनुभव

"विद्यार्थीहरुका सिकाइका क्रियाकलाप कसरी रमाइलो, joyful, meaningful, iterative र socially interactive बनाउने जस्ता विषयवस्तु समेटेर कारखाना समूहले बनाएको यो सुन्दर पाठ्यक्रमले आफ्नो उद्देश्य पुरा गरे जस्तो हामीलाई लागेको छ । १२ वटै PEBLका क्रियाकलाप गराए पछि विद्यार्थीहरु तथा हामी शिक्षकहरुमा के के परिवर्तन देखिए, त्यो यहाँ म केही बुदाँगत रुपमा राख्दै छु :
  • कक्षाकोठामा धेरै पछि हामीले productive noise को अनुभव गरेको,
  • Iterative को साचो अर्थसँगै practice भन्ने शब्दको महत्त्व नजिकबाट बुझाएको,
  • ग्रुपमा कुनै काम गर्दा त्यसका फाईदाहरुलाई दर्साएको,
  • सिकाइ भनेको नम्बर मात्र होइन, क्रिएटिभिटि त्योभन्दा धेरै माथि रहेछ भनेर बुझाएको,
  • जस्तो कि म गणितको फ्यासिलेटर अत: गणितमा रुचि राख्ने विद्यार्थी कहिलेकाही बडी प्राथमिकता पर्देथे भने अब गणित भन्दा बाहिर पनि विद्यार्थीहरुको रुचि थाहा पाएकाले कक्षाकोठामा थप सकारात्मक वातावरण पैदा गराएको,
  • शिक्षक र विद्यार्थी, शिक्षक र प्रशासन, तथा अभिभावक, प्रशासन र विद्यार्थी बिच सम्बन्ध अझै प्रगाढ बनाएको,
  • Constructive feedback दिने चलन सुरु गराएको र त्यसको सिकाइमा महत्त्व दर्शाएको,
  • Education मा STEAM को महत्त्व सम्झाएको,
  • विद्यार्थीहरुलाई अझै थप माया गर्न र कहिलेकाही कक्षाकोठामा देखिने नेगेटिभ वातावरणलाई सकारात्मक तर्फ लान उर्जा थपेको,
  • हरेक क्लासको अन्त्यमा reflection को भूमिका अहम रहेछ भन्ने सम्झाएको,
  • Tangram गरि रहँदा geometry का विभिन्न सेपहरुबाट realistic object को परिकल्पना गरे झै अबका क्लासहरुमा गणितलाई थप realistic बनाउन विद्यार्थी तथा शिक्षकहरुलाई थप सोच्न मद्दत गरेको,
  • Story telling with light गरि रहँदा हरेक काममा सबैको महत्त्व अहम हुन्छ भनेर सम्झाउदै हरेक प्रोफेसनको रेसपेक्ट सिकाएको,
  • हाम्रा रेगुलर क्लासहरु थप joyful तथा meaningful बनाउन प्रेरित गरेको ।

अरु पनि Seen/Unseen सिकाईहरु धेरै छन् फेरि कुनै अर्को बसाइँ मा राखुँला। अन्त्यमा कारखाना समूहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।

Gopal Bhandari, Maths Educator at Charles Darwin Academy

गोपाल भण्डारी Playful Engineering-Based Learning मा सहभागी शिक्षक हुनुहुन्छ। उहाँ Charles Darwin Academy मा गणित विषय पढाउँदै आउनुभएको छ। PEBL को हिस्सा भए पछिका विचारहरूलाई उहाँले यस लेख मार्फत व्यक्त गर्नु भएको छ।